प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेश कब्बडी संघ
पाेखरा | जेठ २४, २०८०
पोखरा: पवन कुमार प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेशस्तरिय कब्बडी संंघ गठन भएको छ ।
पोखरामा मंगलबार सम्पन्न प्रथम अधिवेशनले प्रजापतीको अध्यक्षतामा १२ सदस्यिय कार्यसमिति गठन गरेको हो । नवगठित समितिका अध्यक्ष प्रजापती पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् । समितिको उपाध्यक्षमा भरत कुमार श्रेष्ठ र निराजन श्रेष्ठ रहेका छन् । कार्यसमितको सचिवमा हरि जिसी र कोषाध्यक्षमा विन्दु थापा मगर रहेका छन् ।
नवगठित कार्यसमितिको सदस्यमा सन्दिप पन्त, हरि सिग्देल, युवराज श्रेष्ठ, रविन्द्र खाती क्षेत्री, विज्ञान नेपाली, विकास बाँनिया र तेज बहादुर विष्ट रहेका छन् ।
खेलकुद विकास ऐन २०७७ अनुसार पहिलो पटक उक्त समिति गठन भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य ऋषीराम गौतम र नेपाल कब्बडी संघका राष्ट्रिय उपाध्यक्ष विरेन्द्र कुमार यादवको विशेष उपस्थितीमा सम्पन्न भेलामा कास्की, तनहुँ, गोर्खा, बागलुङ र म्याग्दी जिल्लाको सहभागिता रहेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

